गोरखापत्र अनलाइन
अष्ट्रेलिया, फागुन ४ गते । सनातन समाज अष्ट्रेलियाले प्रत्येक वर्ष नेपाली परम्पराअनुसार महाशिवरात्रि भव्य रूपमा मनाउँदैआएको छ। यस वर्ष पनि सधैंझैं नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सो पर्व मनाइएको हो ।
सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले भगवान शिवबाट आशीर्वाद ग्रहण गरेर शिवरात्री मनाइएको आयोजकले जनाएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो।
राज्यका बहुसांस्कृतिक मन्त्रीले नेपाली समुदायले छिट्टै आफ्नै मन्दिरमा शिवरात्रि मनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा राजदूतहरुको पनि उपस्थिति रहेको थियो। विपक्षी दलका प्रतिनिधि र सहभागीहरुले नेपाली समुदायका लागि मन्दिर निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
हामी आशा गर्छौं कि हाम्रो नेपाली समुदायको आफ्नै मन्दिर चाँडै नै निर्माण हुनेछ । भविष्यमा अझ भव्य रूपमा आफ्नै मन्दिरमा शिवरात्रि लगायत सबै धार्मिक कार्यक्रमहरू मनाउन पाउनेछौं, सहभागीले विश्वास व्यक्त गर्नुभयो ।