शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवराज नेपाली
बागलुङ (गलकोट), फागुन ३ गते । ट्याङ्करमा पानी भर्नेक्रममा एक कामदारको करेन्ट लागेर ज्यान गएको छ । आइतबार दिउँसो गलकोट नगरपालिका –३, गैदी पुलस्थित गैदी खोलाबाट विद्युतीय मोटरबाट बागेश्वरी मल्टी प्रपोज कम्पनीको ध १ त ७७ नम्बरको ट्याङ्करमा पानी भर्नेक्रममा उहाँलाई करेन्ट लागेको थियो ।
मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका –२, क्युरेनीटार बस्ने १७ वर्षीय राम राई रहनुभएको छ । राईलाई करेन्ट लागेपछि वडा नं ६ स्थित रहेको उजीर कार्की स्वास्थ्य क्लिनिकमा उपचारका लागि लगिएको प्रहरीको भनाइ छ । उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । ट्याङ्कर चालक र ट्याङकरलाई प्रहरीले नियन्त्रणमा लिएको जानाएको छ ।