• १३ साउन २०८१, आइतबार

संसदीय छानबिन विशेष समितिः अर्थमन्त्रालयका उच्च अधिकारीसँग सोधपुछ

blog

फाइल तस्बिर

काठमाडौं, साउन १ गते। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटिभी सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ। 

आइतवार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीसँग सोधपुछ सक्ने तयारी रहको बताएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले आइतबार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग सोधपुछ गरेको बताउनुभयो। उहाँले आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थ सचिवसँग  छलफल गर्ने कार्यक्रम रहेको बताउनुभयो। शनिबार समितिले मुल गेटदेखिका सीसीटिभीका गतिविधिमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको थियो। 

सचिव अर्यालले आइतबार नै अर्थ मन्त्रालयसँग सम्बन्धित विषयका प्रमाण र कागजातका लागि आवश्यक सबै अधिकारीसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी रहेको बताउनुभयो। 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो। पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो।