• २१ माघ २०८२, बुधबार

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

blog

भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरो ।

काराकस, माघ २१ गते । घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकले उहाँको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनका सहभागीले भेनेजुएलालाई निकोलसको आवश्यकता रहेको र न्युयोर्कमा लागु औषधको आरोपमा मुद्दाको सामना गर्न अपदस्थ गरी लगिएको भन्दै नारा लगाएका छन्  ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनैतिक सङ्क्रमणको चुनौतिसँग लडिरहनुभएको छ भने वासिङ्टनबाट उहाँको सरकारमा मादुरो सहयोगी र भेनेजुएलाका जनताको समर्थनलाई खोजिरहेको जनाइएको छ । प्रदर्शनकारी, मध्ये धेरै जना सार्वजनिक क्षेत्रका कामदार थिए भने उनीहरुले मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसको फोटो बोकेका थिए । सरकारले आह्वान गरेको पदयात्रा तथा विरोध प्रदर्शनमा सयौँ मिटरसम्म फैलिएको थियो । 

प्रदर्शनकारीले भेनेजुएलाको झण्डा फहराए र मादुरोका समाजवादी पूर्ववर्ती ह्युगो चावेजको नाम राखिएको रातो रङको पहिरन लगाएका थिए । यस अघि ‘समृद्ध र लोकतान्त्रिक’–रोड्रिगेज मादुरोको कट्टर समर्थक थिए र उहाँको उपराष्ट्रपतिको रूपमा सेवा गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग काम गर्न इच्छुक रहेको र  भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताउनुभएको छ । 

दबाबमा रोड्रिगेजले राजनीतिक बन्दीलाई मुक्त गर्न र भेनेजुएलाको हाइड्रोकार्बन उद्योगलाई निजी लगानीका लागि खोल्न थाल्नुभएको छ । मङ्गलबार, अमेरिकी मिसनले जारी गरेको भिडियोमा, उहाँले सङ्कटग्रस्त दक्षिण अमेरिकी देशका लागि तीन चरणको योजनालाई औंल्याउँदै “मैत्रीपूर्ण, स्थिर, समृद्ध र लोकतान्त्रिक भेनेजुएलामा सङ्क्रमण” समाप्त भयो । स्वतन्त्रता ’सडकमा’-यस अघि मङ्गलबार सयौं विश्वविद्यालयका विद्यार्थी र राजनीतिक बन्दीका आफन्तले पनि रोड्रिगेजले वाचा गरेको कानुनको द्रुत स्वीकृतिका लागि माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् ।

रोड्रिगेजले रिहाइका लागि आवश्यक कानुनमा “गहन”काम गरिरहेको उल्लेख गर्दै यसले राजनीतिक हिंसा, चरमपन्थको अवधिमा राष्ट्रिय नीति कार्यान्वयन गर्न अनुमति दिने बताउनु भएको छ । भेनेजुएलामा विपक्षीले मादुरोलाई अपदस्थ गरे पछि नयाँ चुनाव गराउन माग गर्दै आएका छन् । रासस/एएफपी