शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, माघ २० गते । सर्लाहीको गोडैता नगरपालिका –१२, रोहुवामा मङ्गलबार एक पुरुष मृत अवस्थामा फेला पर्नुभएको छ ।
रामनगर गाउँपालिका –५, बिर्ता टोलका ५० वर्षीय सुरेन्द्र ठाकुर मृत फेला पर्नुभएको हो । बाटो छेउमा बेवारिसे पुरुष मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
स्थानीयसँग सोधखोज गर्दा मृतकको सनाखत भएको छ । घटनास्थलको प्रकृति मुचुल्का गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको प्रहरीले जनाएको छ ।
मृतकको शरीरमा कुनै घाउ, चोटपटक नरहेको र मृत्युको कारण खुल्न नसकेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताउनुभयो ।