• १६ माघ २०८२, शुक्रबार

कांग्रेस सभापति थापाको उपस्थितिमा मधेश कार्यसमिति बैठक बस्दै

blog

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ।

लक्ष्मी चौधरी
जनकपुरधाम, माघ १६ गते ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ ।

शुक्रबार जनकपुरधामस्थित कांग्रेसको पार्टीको प्रदेश कार्यालयमा आयोजना हुने बैठकमा नेपाली कांग्रेसका सभापति थापाको उपस्थिति हुने कांग्रेस मधेश कार्यसमितिले जनाएको छ ।

बैठकमा आगामी माघ ७ गते आयोजना हुने मधेश सभाको तयारी, व्यवस्थापन तथा समन्वयसम्बन्धी विषयमा विस्तृत छलफल गरिनेछ कांग्रेस मधेश समितिले जनाएको छ । साथै मधेश प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई अझ प्रभावकारी, व्यवस्थित र व्यापक बनाउने विषयमा सभापति थापाबाट मार्गदर्शन तथा विचार–विमर्श हुने समितिले जनाएको छ ।

उक्त बैठकमा मधेश प्रदेशअन्तर्गतका ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा उम्मेदवारहरूको समेत सहभागिता रहनेछ ।

बैठकमा सम्बन्धित सबै पदाधिकारी, सदस्य तथा सरोकारवालाहरूको अनिवार्य तथा सक्रिय सहभागिताको अपेक्षा गरिएको कांग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिनुभयो ।