• १३ माघ २०८२, मङ्गलबार

विनोद चौधरी विकासका एजेन्डासहित चुनावी मैदानमा

blog

उद्योगपति एवम् राजनीतिज्ञ विनोद चौधरी ।

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, माघ  १३ गते  ।
पश्चिम  नवलपरासी क्षेत्र नं. –१ का  ‘हेभीवेट’ उम्मेदवारका रूपमा उद्योगपति एवम् राजनीतिज्ञ विनोद चौधरी चुनावी  मैदानमा हुनुहुन्छ । भाषणमा भन्दा काममा विश्वास गर्ने दाबीसहित चौधरी, आर्थिक रूपान्तरण र समृद्धिको मार्गचित्रसहित विगतका कामहरूको जगमा पुनः जनताको अनुमोदनका लागि चुनावी मैदानमा उत्रिनुभएको आँकलन गर्न सकिन्छ ।

चौधरी २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट  विजयी बन्नुभएको थियो । अघिल्लो कार्यकालमा सुरु गरेका कतिपय महत्त्वपूर्ण कामहरूलाई पूर्णता दिन र यस क्षेत्रको आर्थिक स्वरूप बदल्न आफू पुनः मैदानमा आएको उहाँले बताउनुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका उद्योगपति एवम् राजनीतिज्ञ चौधरी यतिबेला चौधरीले आफूलाई विकासको सम्वाहकका रूपमा प्रस्तुत गर्नुभएको छ । आगामी निर्वाचनको सरगर्मी बढेसँगै पश्चिम नवलपरासी क्षेत्र नं. १ मा चुनावी माहोल तात्तिएको छ ।

एजेन्डाको प्राथमिकताः पूर्वाधार र स्वास्थ्य
चुनावी मैदानमा रहनुभएका चौधरीले यसपटक मुख्यतया पूर्वाधार विकासः यस क्षेत्रमा लामो समयदेखि रोकिएका वा सुस्त गतिमा रहेका विभिन्न पूर्वाधार आयोजनाहरूलाई सुचारु गराएको दाबी गर्दै उहाँले ती योजनाको पूर्णतालाई प्राथमिकता दिनुभएको छ ।

‘हेभीवेट’ उम्मेदवारका रूपमा हेरिनुभएका चौधरीले आफ्नो चुनावी अभियानलाई उहाँले  विगतमा आफूले गरेका कामहरूको फेहरिस्त सुनाउँदै अधुरा योजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ । विनोद चौधरी भन्नुहुन्छ, “नवलपरासीको माटोलाई आर्थिक समृद्धिको केन्द्र बनाउन म प्रतिबद्ध छु ।’’

आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिएका कारण चौधरीको  छ । “गफभन्दा काम गर्ने नेताको खोजीमा हामी छौं,’’ स्थानीय  मतदाता सरोज  थापाले भन्नुभयो, “उहाँको विकासप्रतिको हुटहुटीले हामीलाई आशावादी बनाएको छ ।’’