मोरङ, माघ १३ गते । प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ भने माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित अध्यक्ष पाण्डेले बताउनुभयो ।
उक्त प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन समूहको सहभागिता रहने पाण्डेले जानकारी दिनुभयो । आगामी दिनमा क्यानको वार्षिक क्यालेण्डरमा एलाइट कप प्रतियोगितालाई समेट्नका लागि पहल गरिने उहाँले बताउनुभयो । प्रतियोगिताले कोशी प्रदेशमा क्रिकेटको खस्किएको शाखलाई फर्काउनका लागि प्रयास हुनेछ ।
पत्रकार सम्मेलनमा मोरङ अध्यक्ष मो सादबाबु, सुनसरी क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेलले एलाइट कपको आयोजना हुने गौरवका विषयमा भएको यसलाई दीर्घकालीनसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, क्रिकेट खेलको प्रवद्र्धनका लागि कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेनबीच भएको सम्झौताले भुइँतहको क्रिकेट विकासमा सहयोग पुग्ने फाउन्डेनका निर्देशक अभिषेक श्रेष्ठले बताउनुभयो । रासस