• ११ माघ २०८२, आइतबार

स्वास्थ्यकर्मीसँग भएको सहमति कार्यान्वयन गर्न निजी अस्पताललाई निर्देशन

blog

काठमाडौँ, माघ १० गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले निजी मेडिकल र डेन्टल कलेज तथा अस्पताललाई मन्त्रालयसँगको सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको हो ।

मङ्सिर १५ मा भएको सहमति कार्यान्वयन नभएको गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 

मङ्सिर १५ गते  निजी मेडिकल र डेन्टल  कलेज तथा अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा  सम्बन्धमा भएको सम्झौता र सोको कार्यान्वयनमा मन्त्रालयले पत्राचार गरिसकेको छ ।

 उक्त सम्झौतामा नर्स र स्वास्थ्यकर्मी उल्लेख भएपनि स्वास्थ्यकर्मी भन्नाले ल्याब, डेन्टल, सामान्य चिकित्सा, फार्मेसी, रेडियालोजी, जनस्वास्थ्यकर्मी लगायत सेवा समूहका जनशक्ति पर्ने मन्त्रालयले जनाएको छ।