• ११ माघ २०८२, आइतबार

नेपाल स्पोर्ट्स समिट यसै महिना

blog

काठमाडौँ, माघ ११ गते । नेपाल स्पोर्ट्स समिट कमिटीको आयोजनामा माघ २२ गते नेपाल स्पोर्ट्स समिट हुने भएको छ ।

काठमाडौँमा हुने समिटिमा कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय प्रतिनिधि, कर्पोरेट नेतृत्व, सरकारी अधिकारी, खेल प्रशासक, सञ्चारकर्मी तथा विश्वव्यापी सरोकारवालालाई एउटै स्थानमा एकिकृत गरिने आयोजकले जनाएको छ । 

समिटमा नेपालको खेल क्षेत्रसँग सम्बन्धित नीति, पूर्वाधार, सञ्चार, डिजिटल सामग्री र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा केन्द्रित पाँच उच्चस्तरीय प्यानल छलफल सत्र सञ्चालन हुनेछ । 

जसमा खेल कूटनीति, खेल पूर्वाधार विकास, उदीयमान खेलको विकास, खेल सञ्चार तथा प्रसारणको भूमिका, डिजिटल खेल सामग्री तथा इन्फ्लुएन्सरमार्फत खेल कथावाचनजस्ता विषयहरू समेटिनेछ । 

समिटका आयोजक आमिर अख्तरले समिट एक कार्यक्रम मात्र नभई खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्ने राष्ट्रिय अभियान भएको बताउनुभयो ।

अर्का आयोजक भास्कर राजकर्णिकारले समिटको मुख्य उद्देश्य नेपाललाई विश्वस्तरीय खेल पर्यटन गन्तव्य का रूपमा स्थापित गर्नु, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु र नेपालको खेल अर्थतन्त्र सुदृढ बनाउने दिगो साझेदारी निर्माण गर्नु रहेको बताउनुभयो ।