• ७ माघ २०८२, बुधबार

सिरहामा १३९ उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ताबारे जानकारी दिनुहुँदै सिरहा निर्वाचन कार्यालयका सूचना अधिकारी राजन श्रीवास्तव । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, माघ ७ गते ।
सिरहामा रहेका चारवटा निर्वाचन क्षेत्रमा १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार सिरहा –१ मा ३२, सिरहा निर्वाचन क्षेत्र–२ मा २९, सिरहा –३ मा ४१ र सिरहा–४ मा ३७ गरी १३९ जनाले उम्मेदवारी दर्ता गराइएको जिल्ला मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी राजन श्रीवासतवले  जानकारी गराउनुभयो ।

उहाँको अनुसार १३९ जनामा ८५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । सिरहा–१ मा १८ , सिरहा –२ मा १५, सिरहा –३ मा २९ र सिरहा –४ मा २३ जना रहेका छन् ।

सिरहाको चारवटै निर्वाचन क्षेत्रमा पुरुष दुई लाख ४१ हजार ६१४, महिला दुई लाख १२ हजार २८ जना अन्य दुई गरी चार लाख ५३ हजार ६४५ मतदाता रहेका छन् । जिल्लाभरीमा ५३१ मतदान केन्द्र तोकिएका छन् ।