राधा लुइटेल
फिदिम, माघ ६ गते । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा १५ दलले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले),नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, जनमुक्ती पार्टी,जनता समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय मुक्ती पार्टी नेकपा (माओवादी) र श्रम संस्कृति पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसपटक कांग्रेसका तर्फबाट नरेन्द्रकुमार केरुङ, एमालेका तर्फबाट केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, नेकपाका तर्फबाट हर्कबहादुर नेम्वाङ (मिक्सो) राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महेन्द्र विक्रम थाम्सुहाङ, श्रम संस्कृति पार्टीका तर्फबाट हस्तराज शेर्मा (ब्रबिम), राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तेजकुमार कुरुम्वाङ, राष्ट्रिय परिवर्तन पार्टीका तर्फबाट टेकबहादुर लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट रामकुमार तुम्रोकले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो ।
उहाँका अनुसार लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट भानुभक्त फियाक, जनमुक्ति पार्टीका तर्फबाट नरेन्द्रकुमार कुरुम्वाङ, जनता समाजवादी पार्टीका तर्फबाट मचिन्द्र बेघा, राष्ट्रिय मुक्ति पार्टीका तर्फबाट मित्र लिङदेन, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट प्रकाश काफ्ले र नेकपा (माओवादी)का तर्फबाट विजय नेम्वाङको उम्मेदवारी दर्ता भएको हो ।
फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १५ जनाले मनोनयन दर्ता गर्दा महिला भने एकजना पनि छैनन् ।