शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, माघ ६ गते । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) को माघ ९ देखि १० गतेसम्म विराटनगरमा हुने भनिएको ११ औं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ।
महासङ्घका महासचिव दिवस राईले आसन्न प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले आचारसंहिता लागु गरेको तथा आयोगले महासङ्घको महाधिवेशन स्थगन गर्न पत्राचार गरेकाकारण महाधिवेशन स्थगित गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले जिल्ला प्रशासन कार्यालय मोरङले महाधिवेशनसम्बन्धी कार्यक्रम गर्न स्वीकृति नदिएको भन्नुहुँदै अर्को निर्णय नहुँदासम्म महासङ्घको ११ औं महाधिवेशनसम्बन्धी सम्पुर्ण कार्यक्रम स्थगन भएको बताउनुभयो ।