सिराज खान
नेपालगन्ज, माघ ६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार बाँकेमा उम्मेदवारी दर्ता भएको छ । सो क्रममा बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ ।
बाँके क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दर्ता गर्नुभयो । उहाँले उम्मेदवारी दर्ता गरेपछि संक्षिप्त कुरा गर्दै बिकासको बाँकी कामलाई पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
सोही प्रकारले क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका जिल्ला सचिव सुधान्सु कोइरालाले उम्मेदवारी दर्ता गराउनुभयो ।
त्यस्तै, राप्रपाबाट ऋषिराज देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट दिपेन्द्र विष्ट, जनता समाजवादी पार्टी नेपालबाट कमरुद्दीन राई, जनता समाजवादी पार्टीबाट सरस्वतिप्रसाद बर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ र स्वतन्त्र रुपमा गोपालप्रसाद गिरी, शौभाग्यजंग शाह लगायत २२ जनाले उम्मेदवारी दर्ता गराउनुभयो ।
यस्तै बाँके क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल, नेकपा (एमाले) बाट निवर्तमान सांसद सूर्य ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट नरेन्द्र पाण्डे, राप्रपाबाट प्रदीपकुमार शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेश थारु, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नमुना केसी लगायतले उम्मेदवारी दिनुभएको छ ।
सोही प्रकारले क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा (एमाले) बाट सुमन मल्ल, नेपाली कम्युनिष्ट पार्टीबाट दिपक जिएम, राप्रपाबाट तारकसिंह थारु, राष्टिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनारले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।