गजेन्द्र गुरुङ
खजुरा, माघ ६ गते । जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी संविधान सभा निर्वाचनलाई मध्यनजर गर्दै सर्वसाधारणलाई हातहतियार तथा खरखजाना बुझाउन आग्रह गरेको छ ।
मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङद्वारा जारी गरिएको सूचनामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, विष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन बाँकेमा रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजाना बुझाउन आग्रह गरिएको हो ।
जारी सूचनामा आफूसँग रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजाना १५ दिनभित्र नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको छ ।
त्यसैगरी कोही कसैले अवैध रूपमा हातहतियार तथा खरखजाना राखेको थाहा भएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सूचना गरिदिन अनुरोध गरिएको छ ।