शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रवीणकुमार शर्मा
रौतहट, माघ ०६ गते। नेपाली कम्युनिस्ट पार्टी सह संयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनु भएको छ ।
फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनमा पूर्व प्रधानमन्त्री नेपालले रौतहट १ बाट उम्मेदवारी दिनु भएको नेपाली कम्युनिस्ट पार्टीका नेता रेवन्त झाले जानकारी दिनु भयो ।
नेपालको संविधानको रक्षा गर्न, सङ्घीयताको रक्षा गर्न, गणतन्त्रको रक्षा गर्न, समाजमा भएका अन्याय अत्याचार अन्त्य गर्न, राजनीतिमा देखिएका विकृति अन्त्य गर्न र नेपालीको हकहितका लागि निरन्तर क्रियाशील रहन आफूले उम्मेदवारी दिएको पुर्व प्रधानमन्त्री नेपालले बताउनु भएको छ ।