• ६ माघ २०८२, मङ्गलबार

साढे ४ बजेसम्म २ हजार १७ जनाको उम्मेदवारी दर्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, माघ ६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट साढे ४ बजेसम्म २ हजार १७ जनाले मनोनयन दर्ता गर्नु भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मनोनयन दर्ताको क्रम साँझ ५ बजेसम्म कायम गरिएकाले उम्मेदवारी दर्ताको क्रम जारी रहेको छ । 

निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि १६५ जना प्रत्यक्ष निर्वाचनबाट चुनिने संवैधानिक व्यवस्था छ । ११० जना समानुपातिकबाट चुनिएर आउँदा २७५ सदस्यीय प्रतिनिधिसभामा सदस्य रहने व्यवस्था छ ।