• ४ माघ २०८२, आइतबार

नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ४ गते  । काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण व्रिmयसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव सुरु भएको हो ।

बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको महोत्सव आगामी ५ गतेसम्म चल्ने छ । महोत्सव निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म प्रदर्शन गरिने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तव्र्रिmया कार्यव्रmम, नृत्य कार्यशाला, कला प्रदर्शनी तथा मास्टर क्लाससमेत सञ्चालन गरिने छ । महोत्सवमा १० जना विदेशी चलचित्रकर्मीको सहभागिता रहेको छ । बोर्डका अध्यक्ष डिसीले अफ्रिकासहित विभिन्न देशलाई यो महोत्सवले चलचित्रमार्फत जोड्दै आएको बताउनुभयो । महोत्सवले चलचित्रको विकास र विस्तारमा ठुलो सहयोग पुग्ने उहाँको भनाइ थियो

कुलपति हार्तम्छालीले महोत्सवले विश्वभरका कलाकर्मीबिच ज्ञान आदानप्रदानको अवसर सिर्जना गरेको बताउनुभयो । कुलपति हार्तम्छालीले ललितकला प्रज्ञा–प्रतिष्ठानको तर्फबाट महोत्सव स्थलमा ‘चलचित्र, संस्कृति र प्रकृति’ शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुँदै त्यसबारे उपस्थित चलचित्रकर्मीलाई जानकारी गराउनुभएको थियो । महोत्सवको पहिलो दिन चलचित्र ‘परान’ प्रदर्शन गरिएको थियो भने सोही दिन बङ्गलादेशको फिचर चलचित्र ‘मेमोरी अफ ग्लुमी मनसुन’ पनि देखाइएको थियो ।