• १ माघ २०८२, बिहिबार

टुँडिखेलमा थारू समुदायको माघी (फोटो फिचर)

blog

माघी पर्वमको अवसरमानृत्य प्रस्तुत गर्दै थारु समुदाय । तस्बिर : केशब गुरुङ ।

काठमाडौँ, माघ १ गते । आज माघे सङ्क्रान्ति पर्व देशभर विभिन्न मुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सकराती पनि भन्ने गरिन्छ । यो पर्वका अवसरमा थारु समुदायले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम गरेर मनाएका छन् ।

थारू समुदायको सबैभन्दा ठुलो पर्व हो ‘माघी’ । यसलाई ‘माघ, माघी, खिचरा, तिलासङ्क्रात, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिलासङ्क्राइत’ भन्छन् । कपिलवस्तु–चितवनका थारूले खिचरा पर्व भन्छन् । दाङपश्चिमका थारूले माघी भन्छन् । ठाउँ अनुसार यस पर्वलाई आफ्नै शैलीमा मनाइने गरिन्छ। 

थारू समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारू समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।