शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काबुल, पुस २५ गते । छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुई हजार ५०० अफगान नागरिक गत एक महिनामा रिहा भई अफगानिस्तान फर्केको स्थानीय मिडिया टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।
रिपोर्टका अनुसार स्वदेश फर्केका अधिकांशलाई वैध तथा आप्रवासी कागजात नभएको वा आफ्नो भिसामा उल्लेख गरिएको भन्दा बढी समय बसेको कारण हिरासतमा लिइएको थियो । बन्दीले फिर्ता हुन अघि दुई महिना हिरासतमा बिताएको बताइएको छ ।
अफगानिस्तान फर्केपछि, उनीहरूलाई सम्बन्धीत अधिकारीलाई हस्तान्तरण गरिएको जनाइएको छ । जहाँ तिनीहरूको आधारभूत जानकारी दर्ता गरिएको थियो । स्वदेश फर्केपछि उनीहरुलाई आपतकालीन सहायता प्रदान गरी आफ्नो गृह प्रान्तमा फर्कन सजिलो बनाउन समन्वय गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा