• २६ पुस २०८२, शनिबार

कृषि बिकास बैक कर्मचारी संघको रक्तदान कार्यक्रम

blog

रक्तदान कार्यक्रममा सहभागी अतिथिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २५ गते । कृषि बिकास बैंक लिमिटेडको ५९ औ बार्षिक ऊत्सवको अवसरमा कृषि बिकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले आज मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ । 

कृषि बिकास बैक कर्मचारी संघ नेपालका अन्य प्रदेश समितिले समेत माघ महिना भित्र देशभर नै रक्तदान कार्यक्रम गर्ने जनाएका छन् । रगतको अभावमा हुने मानव जीवनको क्षतिलाई न्युनीकरण गर्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।

संघका अध्यक्ष सुरेशकुमार क्षेत्रीका अनुसार कार्यक्रमबाट एकसय २१ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटिको सहयोगमा संकलित रगत बिरामीहरुको समस्या समाधान गर्नमा सयोग पुग्नेछ ।