शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तिविलास पोखरेल
गाईघाट, पुस २५ गते । दाउरा काट्ने क्रममा रुखबाट लडेर उदयपुरको चौडण्ढीगढी नगरपालिका –७ हाङबजार निवासी एक महिलाकोे शुक्रबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार ४२ बर्षीया नमिता राईको रुखबाट लडेर मृत्यु भएको हो ।
घरभन्दा केही पर रहेको बसन्त पञ्चमी सामुदायिक वनमा दाउरा काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते हुनुभएकी राईलाई उपचारका लागि बेल्टारस्थित नगर अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् । मृतक राईको शब पोस्टमार्टमका लागि अस्पताल राखिएको र कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।