• २६ पुस २०८२, शनिबार

निर्वाचन प्रहरीमा भर्ना हुन फारम बुझाउनेको भिड

blog

काठमाडौं प्रहरी परिसर कार्यालयमा निर्वाचन प्रहरीमा भर्ना हुन फारम बुझाउनेको भिड । तस्बिर : केशब गुरुङ ।

काठमाडौं, पुस २५ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ । काठमाडौं प्रहरी परिसर कार्यालयमा बिहानैदेखि फारम बुझाउनेको भिड लागेको हाे ।

यसपालि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८०  र सशस्त्र प्रहरीले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्दैछ । 




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।