काठमाडौँ, पुस १५ गते । नारी स्रष्टा समाज नेपालद्वारा आयोजना गरिएको ममता मृदुलसँग लघुकथामा बहस-अध्याय पाँच बुधबार सम्पन्न भएको छ । सर्वनाम थिएटरमा आयोजना गरिएको अशेष मल्लका लघुकथामा बहस भएको हो ।
प्रमुख अतिथि लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइराला विशिष्ट अतिथि विधान आचार्य, इन्द्ररत्न बज्राचार्य र भागिरथी श्रेष्ठ रहनु भएको थियो । कार्यक्रम अशेष मल्लको लघुकथाकारितामा केन्द्रित रहेको थियो ।

अशेष मल्लको लधुकथा वाचन गर्नु हुने ललिता दोषी, रन्जु खनाल, निशा केशी, रन्जना पराजुली लम्साल, मन्दिरा मधुश्री, दीपा चौधरी, सेसेमी लिम्बू र विनोद नेपाल, धन्वन्तरी मिश्र कात्यायन, रामकुमार पण्डित, गोम विक्रम, राज शाह, ध्रुवराज थापा, रोशन पराजुलीले वाचन गर्नु भएको थियो ।
यस्तै विशिष्ट अतिथि विधान आचार्य, प्राडा. सावित्री कक्षपति, भागिरथि श्रेष्ठ, इन्द्ररत्न बज्राचार्यले अशेष मल्लका बारेमा बोल्नु भएको थियो । शुभकामना मन्तव्य रमेन्द्र कोइरालाको रहेको थियो ।
तुलसीहरि कोइरालाको प्रमुख आतिथ्यमा भएको ममता मृदुलसँग लघुकथामा बहस कार्यक्रम सञ्चालन ममता मृदुलबाट भएको थियो । उक्त कार्यक्रममा १२ वटा लघुकथा वाचन र दुई वटा लघुकथा मान्छे र कालोरङ राज शाहको निर्देशनमा मञ्चन गरिएको थियो । अन्तिममा ममता मृदुलसँग लघुकथामा बहस- अध्याय पाँचमा याेगदान दिनु हुने सबैलाई संस्थाकी अध्यक्ष ममता मृदुल र सचिव रन्जना पराजुली लम्सालद्वारा सम्मान गरिएकाे थियाे ।
