• १६ भदौ २०८१, आइतबार

नेप्से परिसूचक ७७.०१ अङ्कले गिरावट

blog

काठमाडौं, असार २७ गते । साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अङ्कले गिरावट आएको छ ।

आइतबार सार्वजनिक बिदा परेकाले नेप्से कारोबार भएको थिएन । सोमबार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अङ्कले घटेर १९१५.६१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १३.०३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अङ्कले घटेको छ ।

सोमबार कारोबारमा आएका २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा सबैभन्दा बढी व्यापार उपसमूहको ५.७८ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स उपसमूहको परिसूचक ५.७३ अङ्कले गिरावट आएको छ भने जलविद्युत उपसमूहको पनि ५.१९ प्रतिशतले गिरावट आएको छ । बाँकी अन्य उपसमूहको शेयर मूल्य ४ प्रतिशतसम्म गिरावट आएको छ ।

सोमबार कारोबारमा आएको ग्रामीण विकास लद्युवित्त वित्तीय संस्थाको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।