शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, पुस १ गते। नेकपा (एमाले) को महाधिवेशन स्थल भृकुटीमण्डपमा चुनावी चहल पहल बढिरहेको छ। आगामी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले मत माग्न केन्द्रित भएका छन्।
ओली समूहमा महासचिवमा शङ्कर पोखरेल र ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार हुनुहुन्छ । ओली र पोखरेल मैदानमा उत्रिएकाले भृकुटीमण्डपस्थित मतदानस्थलमा नेता कार्यकर्ता मत माग्न जुटेका हुन्। निर्वाचनमा पदाधिकारीमा मात्रै ४२ जनाको उम्मेदवारी छ । एमालेको निर्वाचनबाट पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने विधानमा व्यवस्था छ ।















केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।