• १२ असार २०८१, बुधबार

तनहुँमा ‘नाइरोबी फ्लाई’ सङक्रमणका पाँच जना विरामी भेटिए

blog

आँबुखैरेनी बजार स्थित मनकामना हेल्थ क्लिनिका ‘नाइरोबी फ्लाई’ सङ्क्रण भएका १० वर्षे बालकको घाँटीमा देखिको दाग ।

अमरराज नहर्की

तनहुँ, असार २६ गते । तनहुँमा ‘नाइरोबी फ्लाई’ नामक किराबाट छालामा सङ्क्रमण फैलिएका पाँच जना विरामी भेटिएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ र ४ मा भेटिएको हो । प्रकोप बढेसंगै सजकता अपनाउन आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–३ का १० वर्षिय बालक सो किराको एसिडले गर्दा सङ्क्रमण देखिएको आँबुखैरेनी बजार स्थित मनकामना हेल्थ क्लिनिकका डा. आशिष कार्कीले जानकारी दिनुभयो । साँझपख घरभित्र बत्ति बलेको अवस्थामा यो किरा झ्याल, ढोकाबाट प्रवेश गर्ने र यो किरासँग छोइदा पनि एसिडले पोलेको जस्तो छालामा जनै खटिरा जस्तो घाउ हुने डा. कार्की बताउनुहुन्छ । घाउले चिलाउने र पोल्न थालेपछि बालकका परिवारजनले क्लिनिकमा उपचारको लागि ल्याएका थिए । नाईरोबी फ्लाई किराको एसिडले बालकको घाँटीको दाहिने भागमा करीव ४ इन्च क्षेत्रफलमा सङ्क्रमण फैलिएको क्लिनिकका सञ्चालक सिसन कुँवरले जानकारी दिनुभयो । ‘किरा देखेपछि लामखुट्टे मारेजस्तै गरी हिर्काएर मारिदिएको बालकले बताएको उहाँले जानकारी दिनुभयो । 

बालकका अतिरिक्त वडा नम्बर ३ र ४ मा दुई पुरुष र दुई महिला गरी चार जना नाइरोबी फ्लाईको लक्षण लिएको  बिरामी सम्पर्कमा आएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अमोध उपाध्यायले जानकारी दिनुभयो । ‘लक्षण भएका विरामी पाइयो तर जटिल पाइएन सङ्क्रमण फैलिन नदिन सर्तकता अपनाउन भनेका छौं’ स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भन्नुभयो । सम्पर्कमा आएका बिरामीको छालामा दाग, घाउ, जनै खटिरा जस्तो देखिने समस्या लिएर आउने गरेको र जसको मुख्य कारण नाइरोबी फ्लाई नामक किराले टोक्दा यसको एसिडले हुने स्वास्थ्य शाखा प्रमुख उपाध्याय बताउनुहुन्छ । यसअघि भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा नाईरोबी फ्लाईको प्रकोप देखिएपनि अहिले पहाडी क्षेत्रमा यो किरा देखिन थालेको छ ।  यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिने क्रममा रहेको बताइन्छ । किरा माड्दा एसिड पैmलने भएकाले हातले नछोई पत्रिका वा अरु चिजले किरालाई हटाई छोइएको ठाउँमा साबुन पानीले सफासँग पखाल्नुपर्ने चिकित्सकहरु बताउँछन् । 

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले नाईरोबी फ्लाई सङ्क्रमणको लक्ष्यण विरामी आँबुखैरेनीमा फेला परेको खबर प्राप्त भएको जानकारी दिनुभयो । जिल्लाका अन्य पालिकामा पनि फैलिएको हुन सक्ने भएकाले पुरा बाहुले लुगा लगाउने, झूल लगाएर सुत्ने, सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्ने, पोलेमा चिसो आइसले सेक्ने जस्ता सतर्कता अपनाउन उहाँले सुझाव दिनुभयो । छाला रातो हुने, पोल्ने, रातो डाबर तथा बिमिराहरु आउने, रातो धर्सेखालको एलर्जी हुने जस्ता समस्या आउने चिकित्सकहरु बताउँछन् । आफ्नो निधारमा ‘नाइरोबी फ्लाई’ लक्ष्यणको खटिरा आएको तर होकि हैन एकिन नभएको व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिनुभयो । ‘पाका मान्छेहरुले जनै खटिरा भनेका छन् निकै हुँदै गईरहेको छ’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।