• २९ मङ्सिर २०८२, सोमबार

मादी नदी किनारमा बेवारिसे शव

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर २९ गते । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नदीको पानीमा कोल्टो परेको अवस्थामा आइतबार शव भेटिएको हो । 

मृतक महिलाको नाम, थर, र ठेगाना (वतन) हालसम्म खुल्न सकेको छैन । सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले दिनुभएको जानकारीअनुसार मृत महिलाको उमेर अन्दाजी ४० वर्ष रहेको अनुमान गरिएको छ । 

स्थानीय बासिन्दाले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ ।