• २२ मङ्सिर २०८२, सोमबार

मुस्ताङको थासाङमा भालुको जोखिम

blog

मुस्ताङ, मङ्सिर २२ गते । थासाङ गाउँपालिका-५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा भालुका कारण मानवीय जोखिम बढेको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याप जोमसोमको अधीनमा रहेको उक्त स्थानमा भालुको जोखिम बढेसँगै स्थानीयवासी त्रसित भएका छन् ।

थासाङको कुञ्जो-ताक्लुङ लगायतका जङ्गलमा घाँसदाउरा गर्न, च्याउ टिप्न र पशुचौपाया चराउन गएका स्थानीयवासी भालुको आक्रमणमा पर्ने गरेका छन् । 

भालुको आक्रमणका कारण निर्धक्क रूपमा जङ्गल जान सक्ने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । यसअघि भालुको आक्रमणमा परी स्थानाीय घाइते भएका थिए । 

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले भालुको आक्रमण परी घाइते भएका व्यक्तिलाई वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को दफा ४ को उपदफा ‘ख’ र ‘ग’ मा भएको व्यवस्थाबमोजिम क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। भालुले बाली नालीसमेत सखाप गर्ने गरेको स्थानीयले बताए ।रासस