• २१ मङ्सिर २०८२, आइतबार

मधेश प्रदेशमा नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

blog

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, मङ्सिर २१ गते । मधेश प्रदेशमा आइतबार तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एसका कनिश पटेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

जनमतका यादवलाई अर्थमन्त्री, राय र पटेललाई बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गराइएको हो ।