टोपलाल अर्याल
रेसुंगा (गुल्मी), मंसिर २१ गते । नेपाली कम्युनिष्ट पार्टी गुल्मीले एकता सभा गर्ने भएको छ । पार्टी एकताको सन्देश प्रवाह गर्न मंसिर २३ गते सभाको आयोजना गरिएको नेता राममल्ल ठकुरीले बताउनुभयो ।
ठकुरीका अनुसार सभालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय नेता चक्रपाणी खनाल (बलदेव), मेटमणी चौधरी र सुर्दशन बराल लगायतका नेताले सम्बोधन गर्नुहुनेछ ।
एकता सन्देश सभा तम्घासको बालमन्दिरमा हुनेछ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित बिप्लवका केही नेता नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन् ।
सभामा करिव सात सय जना सहभागी हुने अनुमान आयोजकको रहेको छ । जिल्लामा अहिलेसम्म कमिटी बिस्तारको काम भएको छैन ।
तत्कालीन कमिटीहरुकै क्षेत्रभित्रबाट आगामी २३ गतेको एकता सन्देश सभाको प्रचारप्रसारको काम भइरहेको नेपाल कम्युनिष्ट पार्टी, गुल्मीका नेता ठकुरीले जानकारी दिनुभयो ।