शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर १८ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवासको निर्माण कार्य बिहीबारदेखि सुरु भएको छ । एमाले नेता महेश बस्नेतका अनुसार भक्तपुरको गुण्डुमा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्यले सो निर्माण कार्यको बिहीबार शिलान्यास गर्नुभयो ।
एमाले नेता तथा कार्यकर्ताद्वारा उक्त निवासलाई ओली कुटीको नाम दिइएको छ । गत भदौको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले अध्यक्ष ओलीको बालकोटस्थित निजी निवासमा आगजनी गरेर ध्वस्त बनाएका थिए । त्यसपछि अध्यक्ष ओली बस्दै आउनुभएको गुण्डु परिसरमा सो निजी निवास बनाउन लागिएको हो । नेता बस्नेतका अनुसार सो निवास गुण्डुवासीको सहयोगमा निर्माण गर्न लागिएको हो ।
