• १७ मङ्सिर २०८२, बुधबार

तोरीपानी गाउँ र धौलागिरि हिमशृङ्खला (फोटो फिचर)

blog

तोरीपानी गाउँबाट देखिएको धौलागिरि हिमालको दृृश्य । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर १७ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित टिमुर गाउँको रुपमा परिचित तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको सुन्दर दृश्य । 

समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा रहेको तोरीपानी गाउँबाट धवलागिरि र अन्नपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । मसलेदार फल टिमुरखेतीका लागि तोरीपानी प्रसिद्ध छ । तोरीपानी गाउँलाई टिमुरगाउँ पनि भनेर भनिन्छ । यहाँका किसानहरुले उत्पादन गरेको टिमुर विदेशसमेत निर्यात हुने गरेको छ । 

तोरीपानीको शिरमा पर्यटकीय स्थल टोड्के, ऐतिहासिक स्थल ढोलठाना दरबार, धार्मिकस्थल पछै पर्दछन् । यहाँका आउने पर्यटकको सुविधाका लागि स्थानीयहरुले होमस्टे समेत सञ्चालनमा ल्याएका छन् । 

म्याग्दीको सदरमुकाम बेनी देखि ३० मिनेटको सवारीसाधनको यात्रा पछि तोरीपानी गाउँ पुग्न सकिन्छ ।