• १७ मङ्सिर २०८२, बुधबार

गोरखामा थपिए तीन मतदानस्थल

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर १७ गते । गोरखामा आगामी प्रतिनिधी सभाको निर्बाचनलाई सहज र सुरक्षित रुपमा समपन्न गर्न ३ वटा मतदानस्थल थपिएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार मतदाताको बढ्दो संख्या, भौगोलिक चुनौती र पिछाडिएका बस्तीहरुमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थपिएको हो । 

जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबिलाल सुबेदीका अनुसार मतदानस्थल थपिएको परिपत्र आयोगबाट आइसकेको छ । जसमा थपिएका मतदानस्थल उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ६ मा रहेको चुमलिङ आधारभुत विद्यालय छुट्याएर खार सामुदायिक खोप केन्द्र, सहिद लखन गाउँपालिका – ३ गंगाधर्म माध्यमिक बिद्यालयको छुट्याएर श्री जीवनज्योति आधारभूत विद्यालय नाम्जुङटर थपिएको छ भने पालुङटार नगरपालिका –६ बिरेन्द्र आधारभूत विद्यालय पौवाटारबाट श्री जीवनज्योति आधारभूत विद्यालय कालामाटामा मतदानस्थल कायम भएका छन् । 

चुमनुब्री गाउँपालिकाको चुमलिङ आधारभुत माबिमा १६७ जना मतदाता छन् भने नयाँ थपिएको खार सामुदायिक केन्द्रमा ११९ जना मतदाता संख्या रहेका छन् । त्यस्तै सहिद लखन गाउँपालिकाको गंगाधर्म माध्यमिक विद्यालयमा ८९९ रहेको छ भने नयाँ मतदानस्थलमा ६६३ जना नयाँ मतदाता छन् । पालुङटार नगरपालिकाको बिरेन्द्र आधारभूत विद्यालय पौवाटारमा १२८० मतदाता छन् भने नयाँ थपिएको जीवनज्योति आधारभूत विद्यालय कालामाटामा ७१७ जना मतदाता बाँडिएका छन् । 

गोरखा जिल्लाका स्थानीय बासिन्दा तथा गोरखामा क्रियाशील राजनितिक दलहरुले जिल्लामा थप ५ वटा नयाँ मतदान केन्द्र स्थापना गर्न माग गरेकोमा केन्द्रिय आयोगबाट ३ वटा मात्र थपिएर आएको जिल्ला निर्बाचन कार्यालय गोरखाले जनाएको छ । 

स्थानीयहरुले विशेषगरी भौगोलिक दुर्गम क्षेत्र, लामो हिडडुल दुरी, भीडभाड र सुरक्षाका ब्याबस्था चुनौतीका कारण नयाँ मतदान केन्द्रहरुको आवश्यकता रहेको जिल्लाका राजनितिक दलहरुले बताएका छन् । 

जिल्लाभरका मतदान केन्द्रहरुमा एकहजार भन्दा बढी मतदाता भएका मतदान केन्द्रहरुमा मतदान केन्द्र क र ख निर्धारण गर्न पनि समितिको बैठकले सिफारित गरेको बताईएको छ । आगामी निर्वाचनकाे लागि गोरखामा २२५ मतदान स्थल ३२० मतदान केन्द्र कायम भएका छन् । 

गोरखा जिल्लाको मतदाता संख्या दुई लाख २१ हजार ९८१ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।