• २८ फागुन २०८२, बिहिबार

एन्फा अध्यक्ष पदमा विराटजङ्गको उम्मेदवारी घोषणा

blog

विराटजङ्ग शाही ।

काठमाडौँ, मङ्सिर १५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष विराटजङ्ग शाहीले एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडीसमेत रहनुभएका विराटजङ्गले प्रेश विज्ञप्ती जारी गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको उल्लेख गर्नुभएको छ । 

‘‘नेपाली फुटबल दयनीय अवस्थामा पुगेले यसलाई पुरानै लयमा फर्काउन प्रयत्न गर्ने छु । एन्फामा मौलाएको आर्थिक अनियमितता, भ्रष्टाचार तथा अवैधानिक कृयाकलाप र गुटगत विवादले फुटबल ओरालो लागेको छ । निर्वाचनमा सबै पक्षलाई समेटेर सुशासन स्थापना गर्ने छु,’’ उहाँले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

फुटबलका सबै सरोकारवालालाई एकजुट बनाउने प्रतिबद्धता पनि उहाँले गर्नुभएको छ । पङ्कजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फाको चार वर्षे कार्यकाल आगामी असारमा सकिँदैछ ।