• १३ साउन २०८१, आइतबार

पहिलो कान्छो सगरमाथा आरोहीको निधन

blog

कम उमेरमा सगरमाथा आरोहण गर्ने सिन्धुपाल्चोकका शम्भु तामाङको सगरमाथा आरोहण गर्दाको तस्बिर ।

चित्र मिजार

सिन्धुपाल्चोक, असार २३ गते । विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चड्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित हुनुहुन्थ्यो । तामाङको बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ ।

उहाँले सन् १९७३ मे ५ मा सगरमाथाको आरोहण गर्नुभएको थियो । त्यसबेला उहाँको उमेर १७ वर्ष ६ महिना १५ दिन रहेको थियो । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर उहाँले नाम गिनिजबुकमा लेख्नुभएको थियो । तामाङका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।