प्रेमराज सिम्खडा
कालिकोट, मङ्सिर १२ गते । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार वीरेन्द्र आचार्यको दुर्घटनामा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको २, कार्यालय अगाडि आचार्य सवार स्कुटीलाई मोटरसाईकलले ठक्कर दिएको थियो ।
गम्म्भीर घाइते भएका आचार्यको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मुलपानीबाट भुरेलीतर्फ जादैगर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाईकलले र ३४ वर्षीय आचार्यले चलाएको लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटी ठोक्कीएको हो ।
गम्भीर घाइते शुभकालिका गाउँपालिका ६ घर भई हाल वीरेन्द्रनगर १ बस्ने आचार्यको उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । मोटरसाईकल चालक पनि घाइते भएका छन् । उनको टाउको र शरीरको बिभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ ।