शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), मंसिर १२ गते । बर्दियामा बाँके बैजनाथ गाउँपालिका वडा ३ बस्ने २० वर्षीय रबिन्द्रकुमार थारूलाई लागुऔषध ब्राउनसुगरसहित बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
थारूलाई भारतको सिमा नाकाबाट नेपालतर्फ साइकलमा आउँदैगर्दा बढैयाताल गाउँपालिका –२ फुटाह चेकपोष्टमा प्रहरीले पक्रउ गरेको हो । शंकास्पद तरिकाले साइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा प्लाष्टिकमा पुडिया बनाएर राखेको एक ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
थारूलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनुभयो ।