• १२ मंसिर २०८२, शुक्रबार

कर्णालीले विराटनगरलाई दियो १६१ रनको चुनौती

blog

तस्बिर एनपिएल

काठमडौँ, मङ्सिर १२ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध  १६१ रनको चुनौती दिएको छ । 

टस जितेर सरुमा ब्याटिङ गरेको कर्णालीले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा १६० रन बनाएको हो ।

कर्णालीका लागि प्रियाक पञ्चालले अर्धशतक बनाउनुभयो । ४७ बलको सामना गर्दा ६ चौका र दुई छक्काको मद्दतमा उहाँले ६३ रन बनाउनुभएको हो । विलियम बसिस्टो अर्धशतक बनाउन दुई रनले चुक्नुभयो । उहाँले ४८ बलमा ४८ रन बनाउनुभएको हो । गुल्सन झाले १० बलको सामना गर्दा दुई चौका र एक छक्काको मद्दतमा २० रन जोड्नुभयो।

 

विराटनगरका लागि मर्चेन्ट डी लेङगा र सन्दीप लामिछानेले एकएक विकेट हात पर्नुभयो । अहिले विराटनगरले जवाफी ब्याटिङ गर्दैछ ।