• १२ मंसिर २०८२, शुक्रबार

लागू औषधसहित इलाममा चारजना पक्राउ

blog

बरामद भएको लागूूऔषध । तस्बिरः जिल्ला प्रहरी कार्यालय इलाम

कोकिला ढकाल

इलाम, मंसिर १२ गते । आठ दशमलब ७० ग्राम लागूऔषधसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय इलामले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इलाम नगरपालिका –७ का २१ वर्षीय छिरिङ दोर्जे, इलाम नगरपालिका –६ का ३५ वर्षीय केशब दाहाल, सोही स्थानका २७ वर्षीय मौसम राई र इलाम नगरपालिका –५ का २३ वर्षीय सौरभ लुङ्गेली मगर रहेका छन् । 

पक्राउ परेकामध्ये छिरिङ दोर्जे लामाको साथबाट ८.०७० ग्राम लागूूऔषध (खैरो हेरोइन), ६९ हजार चारसय नेपाली रुपियाँ, कैंची एक थान, एक थान आइफोन र बेचबिखनका लागि प्रयोग गर्ने कालो र सेतो प्लाष्टिक दुई पत्ता बरामद भएको प्रहरीले जनाएको छ । 

यस्तै, केशब दाहालको साथबाट भएको मोवाइल एक थान र एक हजार रुपियाँ बरामद भएको छ । मौसम राईको साथबाट पनि सादा मोबाइल एउटा र नेपाली एक हजार रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

पक्राउ गरिएका चारै जनालाई जिल्ला अदालत इलामबाट आठ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुुभयो ।