शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सिराज खान
नेपालगन्ज, मङ्सिर १२ गते। नेपालगन्जस्थित आदर्श उच्च माविले ‘एमबिबिएस’ प्रवेश परीक्षामा पूर्णछात्रवृत्ति पाउन सफल विद्यार्थीलाई सम्मान गरेको छ।
आदर्श माविबाट प्लस टु पास गरेर गएका नेपालगन्ज १० का आदित्य शाह र बर्दिया मैनपोखरका मोहनबहादुर क्षेत्रीले ३३ औं र ४२ औं स्थानमा पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको हो।
विद्यालयका संस्थापक ईश्वर पोखरेल र सन्जय थापा एवं नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋिषि चौलागाईले संयुक्त रुपमा दुबैजना विद्यार्थीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।