शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमडौँ, मङ्सिर १२ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको हो । सन्दीप लामिछाने कप्तानीको विराटनगरले सुरुमा बलिङ सुरु गरेको छ ।
शुक्रबारको खेलमा कर्णालीले विकेट किपर अर्जुन घर्तीको ठाउँमा दीपक डुम्रेलाई खेलाएको छ ।
यता विराटनगरले भने साहिल पटेल, सुवास भण्डारी र शेहान जयासूर्यलाई खेलाउँदै सूर्य तामाङ, नरेन भट्ट र सुशभ रञ्जानेलाई बेन्चमा राखेको छ ।
एनपिएल अंक तालिकामा ६ अंकसहित विराटनगर दोस्रो स्थानमा छ भने तीन खेल खेलेको कर्णाली दुई अंकसहित पाँचौं स्थानमा छ ।