• १२ मंसिर २०८२, शुक्रबार

संयुक्त राष्ट्रसङ्घद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान

blog

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान ।

न्यूयोर्क (अमेरिका), मङ्सिर १२ गते । संयुक्त राष्ट्रसङ्घका उप प्रवक्ता फरहान हकले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको मानव अधिकारको सम्मान सुनिश्चित गर्न विश्व निकायले पाकिस्तानी अधिकारीलाई आग्रह गरेको पुष्टि गर्नु भएको छ ।

गिरफ्तारी र चलिरहेको कानुनी कार्यवाही उहाँको मानव अधिकारपछिको विषय भएको भन्दै संयुक्त राष्ट्र सङ्घले यस्तो राजनीतिकरूपमा संवेदनशील मामिलामा, कानुनअन्तर्गत निष्पक्ष व्यवहार र प्रक्रियात्मक निष्पक्षता आवश्यक रहेकोमा जोड दिएको छ । एएनआईको प्रतिक्रियामा, संयुक्त राष्ट्रसङ्घका उप प्रवक्ता हकले भन्नुभयो “हामीले उहाँको मानव अधिकारको सम्मान गर्न आह्वान गरेका छौँ ।”

पाकिस्तानका केही भागमा अशान्ति बढ्दै जाँदा विधिको शासन, निष्पक्ष मुद्दाको अधिकार कायम राखी शान्तिपूर्ण भेला र विरोध प्रदर्शनलाई अनुमति दिन संयुक्त राष्ट्रसङ्घले विज्ञप्तिमार्फत अपिल गरेको जनाइएको छ । सन् २०२२ मा प्रधानमन्त्रीको पदबाट हटाइएपछि खानले धेरै आरोपको सामना गर्नु परेको छ । 

उहाँका कानुनी समर्थकले कार्यवाही राजनीतिबाट प्रेरित रहेको र अन्तर्राष्ट्रिय निकायले-संयुक्त राष्ट्रसँग सम्बन्धित संस्थासहित-अधिकारीलाई मनमानी हिरासत र निष्पक्ष परीक्षण अधिकारको अस्वीकार जस्ता उल्लङ्घनको आरोप लगाएका छन् । यसैबिच पूर्व प्रधानमन्त्री इमरान खानका कान्छो छोरा कासिम खानले सामाजिक सञ्जाल एक्समार्फत सरकारले परिवारका सबै सुविधा काटेर आफ्ना बुबालाई पूर्ण एकान्त वासमा राखेको दाबी गर्नुभएको छ । रासस/एएनआई