• १२ मंसिर २०८२, शुक्रबार

सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु

blog

विनय कर्ण 
कल्याणपुर (सप्तरी), मङ्सिर १२ गते ।
सप्तरीको सुरुङगा नगरपालिकामा दहमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक दहमा डुबेर खजनपुर टोलका ७० वर्षीय रामदेव मण्डलको मृत्यु भएको हो ।

शुक्रबार पानीमा घोप्टो परी मृत अवस्थामा मण्डललाई देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।

घटनास्थलमा पुगेका प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँले मृतकको शवलाई प्रादेशीक अस्पताल लहानमा पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको बताउनुभयो ।