• १३ वैशाख २०८३, आइतबार

सुख्खा पहिरोमा पुरिए मजदुर

blog

उद्धार गर्दै नेपाली सेना । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा,
कालीकोट मङ्सिर १२ गते ।
कालीकोटको पचालझना–६  घाटाचौर क्षेत्रमा सुख्खा पहिरो खस्दा एक जना मजदुर पुरिएका छन् । कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा काम गरिरहेका पचालझरना गाउँपालिका –७ का पृथ्थि  बोहोरा पहिरोमा पुरिनुभएको हो ।

नेपाली सेनाले सडक निर्माण गरिरहेको घाटाचौर कर्णाली नदी किनार क्षेत्रमा काम गरिरहेका कामदार आइतबार दिउँसो डेराबाट निर्माण स्थलमा तेल बोकेर जानेक्रममा माथिबाट खसेको सुख्ख पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।   

घटनापछि थिर्पुमा रहेको प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरेपनि पहिरो नरोकिएकाले उद्धार गर्न नसकिएको स्थानीयको भनाइ छ ।

कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको घाटाचौरदेखि बाजुराको भुक्काखोलासम्मको ११.०५ किलोमिटर चट्टानी भाग छिचोल्ने काम नेपाली सेनाले गरिरहेको छ । त्यसमध्ये ६.४८५ किलोमिटर ट्याक खन्ने काम भइसकेको छ ।