गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १२ गते । नेपालयको ’आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा यस पटक गायक फत्तेमानको सम्झना गरिँदै छ । पलेँटीमा गायक फत्तेमानसँग लामो सङ्गत गरेका सङ्गीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध–वाचन गर्नुहुने भएको छ ।
फत्तेमान नै किन ? भन्ने प्रश्न गर्दा पलेँटी संयोजन गर्दै आउनुभएका सङ्गीतकार आभास भन्नुहुन्छ, “फत्तेमान दाइसँग हामीले लामो सङ्गत ग¥यौ । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झना छन् । तिनलाई बेलाबखत कोट्टाइराख्नु पर्छ; जोगाइराख्नु पर्छ ।” उहाँले थप्नुभयो, “झन् यसपालि त उहाँको जन्ममितिकै दिन पलेँटी पर्न गयो । त्यसैले गीतमार्फत नै उहाँको सम्झना गरौँ भन्ने भयो ।”
यसअघि पनि सन् २००२ को अगस्त १० तारिख नेपालयले ‘गायक फत्तेमान साँझ’ को आयोजना गरेको थियो । पलेँटी अन्तर्गत पनि गायक फत्तेमानले फरक फरक समयमा
तीन पल्टसम्म एकल गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा फत्तेमानले गाएका एक दर्जनभन्दा बढी गीत प्रस्तुत हुने छन् ।