शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनिल पराजुली
हेटौँडा, मङ्सिर १२ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
बिहीबार साँझ पर्सा वीरगञ्ज महानगरपालिका–१६, नागुवा घर भई हाल हेटौँडा उपमहानगरपालिका–१० कर्रामा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमलाई ना.३८प ५८५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते हुनुभएको डोमको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिनुभयो ।
प्रहरीले मोटरसाइकल चालक बारा सिम्रनगढ नगरपालिका–११ का २५ वर्षीय सुनिल ठाकुरलाई नियन्त्रणमा लिएको जनाएको छ ।