• १२ मंसिर २०८२, शुक्रबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ६० पैसा र बिक्रीदर १४३ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ १६ पैसा र बिक्रीदर १६५ रुपियाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपियाँ ६१ पैसा र बिक्रीदर १८९ रुपियाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ८९ पैसा र बिक्रीदर १७७ रुपियाँ ६३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ०५ पैसा र बिक्रीदर ९३ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ५२ पैसा र बिक्रीदर १०१ रुपियाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८६ पैसा र बिक्रीदर ११० रुपियाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १२ पैसा र बिक्रीदर नौ रुपियाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ १३ पैसा र बिक्रीदर २० रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८ रुपियाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ १३ पैसा र बिक्रीदर ३९ रुपियाँ ३० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४३ पैसा र बिक्रीदर चार रुपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८३ पैसा र बिक्रीदर ३८ रुपियाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ५१ पैसा र बिक्रीदर ३४ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७५ पैसा र बिक्रीदर नौ रुपियाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ ०९ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ११ पैसा र बिक्रीदर २२ रुपियाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३३ पैसा र बिक्रीदर १८ रुपियाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ ४० पैसा र बिक्रीदर ४६६ रुपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ २६ पैसा र बिक्रीदर ३७९ रुपियाँ ८५ पैसा , ओमनी रियाल एकको खरिददर ३७० रुपियाँ ३८ पैसा र बिक्रीदर ३७१ रुपियाँ ९४  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस