शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), मङ्सिर ११ गते । बर्दियामा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका–८ बस्ने ४६ वर्षीय शङ्कर केसी र ४८ वर्षीय यमबहादुर भण्डारी रहेका छन् ।
गुलरिया नगरपालिका–११, गणेशपुर चोकस्थित पैदलयात्रा गरिरहेका उनीहरूलाई शङ्का मानी चेकजाँच गर्दा सेतो प्लास्टिकमा बाँकेर लुकाइछिपाई राखेको अवस्था ब्राउनसुगर फेला परेको थियो । उनीहरूको साथबाट प्लास्टिकसहित एक सय ७० मिलीग्राम, प्लास्टिक बाहेक ६० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनुभयो ।