शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १० गते । त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल घरेलु टोली इन्डोनेसियासँग पराजित भएको छ ।
योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा बुधबार भएको खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलले पराजित भयो ।
नेपालले २०औँ मिनेटमा इन्डोनेसियाको आत्मघाती गोल सहयोगमा सुरुवाती अग्रता लिएको थियो । इन्डोनेसियाले ५७औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । त्यसपछि इन्डोनेसियाले ६६औँ मिनेटमा निर्णायक गोल गरेको थियो ।
नेपाल, इन्डोनेसिया र चाइनिज ताईपेइ सम्मिलित यस प्रतियोगितामा नेपालले अर्को खेल डिसेम्बर २ तारिख चाइनिज ताईपेइसँग खेल्नेछ ।
फिफा टायरअन्तर्गत खेलिएको यस प्रतियोगितालाई नेपालले आफ्नो स्तर जाँच्ने अवसरको रुपमा लिएको छ ।